गृहपृष्ठ गरिमा विकास बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा

गरिमा विकास बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा

Garima-Bikash-Bank

काठमाडौं – गरिमा विकास बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा बढेको छ । पुससम्म १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो ।

सोमबार सार्वजनिक गरेको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०।४७ प्रतिशतमा पुगेको छ । गत असारमा बैंकको कर्जा १ प्रतिशत थियो ।
निक्षेप लागत बढेर ८।१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७।९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७।३४, आधार ब्याजदर ११।६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ ।
समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।  १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु