गृहपृष्ठ सनराइज बैंक थप तिन शाखा संचालनमा
सनराइज बैंक थप तिन शाखा संचालनमा
पर्सा-सनराइज बैंक लिमिटेडले तीनवटा थप तिन शाखा संचालनमा ल्याइएको छ । पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा गरी बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।
प्रकाशित समय ०८:२८ बजे