गृहपृष्ठ एनएमबि बैंकको मुनाफा एक अर्ब नाघ्यो
एनएमबि बैंकको मुनाफा एक अर्ब नाघ्यो
आ.व.२०७४ ७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण एनएमबि बैंक लिमिटेडले प्रकाशित गरेको छ । विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा खुद मुनाफामा ४३ ५ भन्दा बढिले वृद्धि गरीएको छ । झण्डै एक अर्ब कटाउन सफल भएको छ ।
निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आफ्नो निष्कृय कर्जालाई १.६७ ५ बाट झारेर १.२० ५ मा पुर्याएको छ ।
हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०८:५९ बजे