गृहपृष्ठ हामी विधि र पद्धतिका पक्षमा छौं : माधव नेपाल

हामी विधि र पद्धतिका पक्षमा छौं : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउन प्रधानमन्त्री केपी ओलीले प्रयास गरिरहेको बताएका छन् । तर, ओलीको त्यस्तो प्रयास सफल नहुने उनले दाबी गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहकाे बुधबार प्रदर्शनी मार्गमा आयाेजना गरेकाे विराेधसभालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरू पदका लागि नभई विधि र पद्धतिका पक्षमा एक भएकाे बताए । ओलीकाे पक्षमा १ सय जना मात्र केन्द्रीय सदस्य रहेको तर आफूहरूको पक्षमा ३ सय जना सदस्य रहेको दाबी गर्दै उनले अहिलेकाे लडाइँमा केपी ओलीले हारिसकेकाे बताए ।

निर्वाचन आयोगदेखि सबै संवैधानिक अंगहरुलाई नियन्त्रण गर्ने ओलीको ध्येय पूरा नहुने पनि नेता नेपालले बताए । नेपालले अब ओलीलाई जनताले पत्याउन छाडिसकेको बातए ।

 

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु