गृहपृष्ठ बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ५५ जना, ललितपुरका ४ जना र भक्तपुरका ६ जना हुन् । यससँगै देशभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ ।

आज थप ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ५४९ जना पुगेको छ । वितेका २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान नगएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ जना रहेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५३ जना छन् । जसमध्ये ८८ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु