गृहपृष्ठ प्राधिकरणले ४८७ जनाको लाइन काटियो
प्राधिकरणले ४८७ जनाको लाइन काटियो
राजविराज, फागुन ४ । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार समयमा बिद्युत् महसुल नतिरेका जिल्लाभरिका साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिए ।
त्यस्तै, साउनदेखि हालसम्म विद्युत् चोरी नियन्त्रण अभियान अन्तर्गत उपकरणसहित ४४२ जनालाई कार्वाही गरेको छ । तीमध्ये २६३ जनालाई र १६९ वटा उपकरणमाथि कार्वाही गरेको उनले बताए ।
साथै, विद्युत् चोरी नियन्त्रण गर्ने अभियानका क्रममा पानी तान्ने मोटर, टेलिभिजन, पंखा, फ्रिज, हिटर लगायतका उपकरणसमेत बरामद गरेको बिद्युत् प्राधिकरणले जनाएको छ । यस्तै, विद्युत् हुकिङ नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिबाट रु १३ लाख २५ हजार ५ सय ७३ राजश्वसमेत असुली गरिएको छ ।
त्यस्तै, बाँकी बक्यौता रहेका ग्राहकबाट रु ८२ लाख ६५ हजारसमेत राजश्व असुली गर्न सफल भएको प्रमुख साहले जनाकारी दिए । यसैबीच, सप्तरी जिल्लामा विद्युत् हुकिङ बढेको जनगुनासो पाएपछि अहिले पनि जिल्लाको विभिन्न ठाउँमा विद्युतचोरी नियन्त्रण जारी राखेको प्राविधिक प्रमुख साहले बताए ।
प्रकाशित समय ०८:०३ बजे

















