गृहपृष्ठ एनईए इन्जिनियरिङले २ हजार मेगावाटका ४ आयोजनाको अध्ययन सुरु गरे

एनईए इन्जिनियरिङले २ हजार मेगावाटका ४ आयोजनाको अध्ययन सुरु गरे

काठमाडौं १५ फागुन । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले २ हजार मेगावाट क्षमताको ४ ठुला जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणअन्र्तगतको एनईएले ४५० मेगावाटको किमाथाँका अरुण, ४२६ मेगावाटको फुकोट कर्णाली, ६८८ मेगावाटको वेतान कर्णाली र ३०७ मेगावाटको जगदुल्ला जलासययुक्त आयोजनाको अध्ययन अघि बढाएको छ । सरकारले ठुला आयोजनाको अध्ययनका लागि कम्पनी स्थापना गरेको हो ।
यी सबै आयोजना अध्ययनको काम सुरु भएका एनईएका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हितेन्द्रदेव शाक्यले बताए । केही वर्षभित्र अध्ययन सुरु भएकाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार भइसक्ने उनले जानकारी दिए ।
कम्पनीले हाल किमाथाँका अरुण आयोजानाको गत पुसदेखि संभाव्यता अध्ययन सुरु गरेको छ । आयोजनामा ड्रिलिङ र जिओलोजिकल अध्ययनका लागि बोलपत्र आब्हान गरेको छ । यस्तै फुकोट कर्णालीको सेडिमेन्ट अध्ययनका लागि आवश्यक प्रयोगशाला स्थापना गर्नका लागि बोलपत्र आब्हान गरेको छ । आयोजनाको अध्ययन सुरु भइसकेको छ ।
वेतान कर्णालीको पानीको वहावका साथै संभाव्यता अध्ययनको काम सुरु भएको छ । आयोजना कर्मचारी संचय कोषको अगुवाइमा निर्माण हुन लागेको छ । कोषले आयोजना बनाउनका लागि वेतान कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना गरिसकेको छ ।

लगानी जुटाउने काम गरिरहेको छ । यस्तै जगदुल्ला जलासययुक्त आयोजनामा पानी नाप्नेलगायत अन्य प्रारम्भीक काम सुरु गरेको छ । जगदुल्ला आयोजना पश्चिमको भेरीमा पर्छ । सबै आयोजनाको डीपीआर तयार भएपछि निर्माणका लागि काम सुरु हुने भएको छ ।
हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी १ हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ । यस्तै २ हजार ५ सय मेगावाट क्षमताका आयोजनाको काम भइरहेको छ ।
विकासन्यूज

प्रकाशित समय २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु