गृहपृष्ठ प्रहरी प्रतिवेदनको नाममा कामदारमाथि भार

प्रहरी प्रतिवेदनको नाममा कामदारमाथि भार

काठमाडौँ, १५ फागुन। संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार चार हजार ३०० रकम थप लिने गरेको छ ।

माघ २२ गतेदेखि युएईले रोजगारीका लागि युएई जाने कामदारस“ग प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम आएको थियो । प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका छन् । वर्षमा ५० हजार जति नेपाली रोजगारीका लागि युएईमा जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि ती नेपाली कामदारमाथि रु २१ करोड ५० लाख रकम व्ययभार बढेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघले युएई जाने कामदारबाट थप रकम असुल गर्दा कामदारलाई आर्थिक भार पर्न गएको संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरिएको छ ।

यसअघि मलेसिया जाँदा भिएलएन, ओएससी, आइएससी, माईग्राम, बायोमेट्रिकका नाममा कामदारमाथि रु १७ हजार थप आर्थिक भार थोपरिए थियो c अहिले युएईमा पनि थप आर्थिक भार पार्न खोजिएको बताए ।
नेपाली श्रमिकलाई आर्थिक भार पार्ने गरी अनावश्यक शुल्क लिने दूतावाससँग त्यस्ता शुल्कहरु नलिनका लागि पहल गर्न सरकारसँग संघले आग्रह गरेको छ ।

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु