गृहपृष्ठ जिल्ला मालपोत कार्यालय डिल्लीबजारको एक अर्ब ६६ करोड राजश्व संकलन

जिल्ला मालपोत कार्यालय डिल्लीबजारको एक अर्ब ६६ करोड राजश्व संकलन

काठमाडौं, १६ फागुन । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन (घर जग्गा पास) शुल्क संकलन गर्दै आएको छ ।

अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए ।
गत फागुनदेखि पूर्ण रुपमा अनलाइन मार्फत सेवाग्राहीलाई सेवा दिन थालिएको छ । रजिष्ट्रेशन, जग्गा नामसारी तथा अदालती मुद्दा कार्यान्वयन प्रमुख कार्य भएको उनले बताए ।

कार्यालयका प्रमुख लेखा अधिकृत कृष्णप्रसाद दाहालले घरजग्गाको किनमेलमा केही कमी आएको कारण गत वर्षको तुलनामा झण्डै रु २० करोड राजश्वमा कमी आएको बताए ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु