गृहपृष्ठ जापानी सरकारद्धारा एन्फालाई सहयोग
जापानी सरकारद्धारा एन्फालाई सहयोग
काठमाडौँ, १६ फागुन । जापानी सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भौतिक पूर्वाधार निर्माणका लागि रु ७४ लाख सहयोग गर्ने भएको छ ।
जापानी दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्ट अन्तर्गतबाट अनुदान स्वरुप सो रकम दिन लागेको हो ।
त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ । सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहेका कोजीको आगामी महिनामा म्याद सकिँदै छ ।
प्रकाशित समय २१:२८ बजे