गृहपृष्ठ प्राविधिक शिक्षामा जोड दक्ष जनशक्ति उत्पादन : समाज कल्याणमन्त्री थममाया थापा
प्राविधिक शिक्षामा जोड दक्ष जनशक्ति उत्पादन : समाज कल्याणमन्त्री थममाया थापा
काठमाडौं, १६, फागुन । महिला तथा बालबालिका र समाज कल्याणमन्त्री थममाया थापाले नेपालमा समाज कल्याणमन्त्री थममाया थापाका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिने बताए ।
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै देश विकास गर्नुका साथै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने र देशलाई औद्योगिकीकरण गरी आर्थिक सम्बृद्धि तर्फ लाने बताए ।
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले जिल्लाका खेल प्रतिभाको पहिचान गरेर प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याउन प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले मेलालाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । जिल्ला खेलकुद विकास समितिको आयोजनामा चार दिनसम्म सञ्चालन हुने ३० विद्यालयका ५०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।
समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले अनुसार कबड्डी, भलिबल, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो विधामा प्रतिस्पर्धा हुने बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल विधामा उत्कृष्ट खेलाडीलाई रु एक हजार ५०० का दरले पुरस्कृत गरिने समितिले बताए ।
प्रकाशित समय २२:५१ बजे