गृहपृष्ठ वाम गठबन्धन र फोरमसँग बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने
वाम गठबन्धन र फोरमसँग बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने
काठमाडौँ, १६ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो ।
बैठकपछि नेकपा ९एमाले० का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले भोलि बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिए । रासस
प्रकाशित समय २३:०२ बजे