गृहपृष्ठ आजबाट नयाँ एनेक्स वार्ड शुरु
आजबाट नयाँ एनेक्स वार्ड शुरु
भक्तपुर, २२ फागुन । २३ औं वार्षिकोत्सवका अवसरमा भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको उदघाटन प्रदेश नं। ३ का प्रमुख अनुराधा कोइरालाले गर्नु भएको छ । सो अवसरमा बिरामीमा हु“ने भेदभाव हटाउनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताए । अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढेस“गै भवन र भौतिक संरचनाको अभाव रहेको बताए ।
अस्पतालका मेडिकल डाईरेक्टर प्रा।डा।ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ । प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् ।
प्रकाशित समय १८:४० बजे