गृहपृष्ठ भक्तपुर–नगरकोट सडकको शिलान्यास

भक्तपुर–नगरकोट सडकको शिलान्यास

भक्तपुर । चाँगुनारायण–सुडाल–कलमसी–नगरकोटसम्म जाने बैकल्पिक सडकका रुपमा सडक बन्ने भएको छ । चाँगुनारायण नगरपालिका–८ स्थित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गोसपुलमा शिलान्यास गरे ।

१७ करोड ४८ लाख ८३ हजारको लागतमा ७।३ किलोमिटर लम्बाइ र नालीसहित ६।५ मिटर चौडाइ रहेको छ । २०७६ साल कात्तिकमा निर्माण सम्पन्न हुनेछ ।

प्रतिनिधि सभासदस्य बस्नेतले भक्तपुरको गाउँगाउँमा पुगेका सडकको अब स्तरोन्नति हुने बताए । कार्यक्रममा प्रदेश नं ३ का सांसद हरिशरण लामिछाने, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जिल्ला प्रशासन कार्यालयका प्रमुख द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले यस सडक निर्माणसँगै अब नगरकोट जान ५० प्रतिशत सडक कम हुने बताउनुभयो ।

यो सडक निर्माणसँगै चाँगुनारायण नगरपालिकाका पूर्व क्षेत्रका बासिन्दालाई समेत आवतजावत र स्थानीय उत्पादनको बजारीकरणका लागि सहज हुनेछ ।

रासस

प्रकाशित समय २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु