गृहपृष्ठ प्रधानमन्त्रीले आज विश्वासको मत लिदै, कसले गर्दैछ विपक्षमा मत ?
प्रधानमन्त्रीले आज विश्वासको मत लिदै, कसले गर्दैछ विपक्षमा मत ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज विश्वासको मत लिदै छन् । दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन थालेका हुन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने ब्यवस्था छ । संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । संसदको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली माओवादी केन्द्रको समर्थनमा यहि फागुन ३ गते प्रधानमन्त्री बनेका हुन् ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टी प्रवक्ता भुवन पाठकले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने जनाएका हुन् । राष्ट्रिय जनता पार्टिले प्रधानमन्त्रीलाई समर्थन गर्ने जनाइसकेको छ भने संघीय समाजवादी फोरम नेपालले विश्वासको मत दिने या नदिनेबारे निर्णय गरिसकेको छैन । दिउँसो १२ बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने फोरमले जनाएको छ । प्रधान्मन्त्रीको विपक्षमा मत दिने विषयमा कांग्रेस बाहेक अन्य कुनै दलले निर्णग गरेका छैनन् । राप्रपाले समेत प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने जनाउ दिएको छ ।
प्रकाशित समय ०७:५८ बजे