गृहपृष्ठ अध्यक्षलाई नेविसंघका चार उपाध्यक्षको चेतावनी : महाधिवेशनको विकल्प नखोज्नु

अध्यक्षलाई नेविसंघका चार उपाध्यक्षको चेतावनी : महाधिवेशनको विकल्प नखोज्नु

nain singh magar-newskarobar

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका चारजना उपाध्यक्षले महाधिवेशनको विकल्प नखोज्न अध्यक्षलाई चेतावनी दिएका छन् । उपाध्यक्षहरु खड्ग डाँगी, उर्मिला थपलिया, सागर परियार र निलकण्ठ रिजालले विज्ञप्ति जारी गरी महाधिवेशनको विकल्प महाधिवेशन नै भएको स्पष्ट पारे ।

‘१२औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक कार्ययोजनासहित क्याम्पस, क्षेत्र, जिल्ला अधिवेशनको मिति तय गरी संगठनलाई महाधिवेशनउन्मुख गराउन अध्यक्षज्यूसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संगठनलाई नयाँ जीवन दिन महाधिवेशन अपरिहार्य छ तर केही समययता संगठनभित्रैबाट भइरहेका अवाञ्छित, उद्यण्ड र अराजक गतिविधिले कतै महाधिवेशन बिथोलिने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।’

नेविसंघको महाधिवेशन विभिन्न बहानामा पटक–पटक स्थगित हुँदै आएको छ । विधानअनुसार प्रक्रियासम्मत ढंगले अधिवेशन हुनुपर्ने भन्दै मिति तय भएर पनि स्थगित हुँदै आएको महाधिवेशनका लागि वातावरण बनाउन उपाध्यक्षहरुले अपिल गरेका हुन् ।

महाधिवेशन बिथोल्ने गरी भइरहेका गतिविधिसँग सतर्क रहँदै गुटबन्दीरहित र बलियो नेविसंघ निर्माणका लागि प्रयत्नशील रहन उपाध्यक्षहरुले देशभरका नेविसंघ कमिटीलाई अपिल गरेका छन् ।

neshang release-newskarobar

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु