गृहपृष्ठ छविलाल पौडेलद्वारा सर्वोच्चमा आत्मसमर्पण, पुर्पक्षका लागि थुनामा

छविलाल पौडेलद्वारा सर्वोच्चमा आत्मसमर्पण, पुर्पक्षका लागि थुनामा

फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

अदालतमा उपस्थित भएलगत्तै उनलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।
कृष्णप्रसाद अधिकारीको हत्या आरोपी पौडेललाई चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते धरौटीमा छाडेको थियो । जिल्ला अदालतको आदेशलाई पुनरावेदन अदालतले सदर गरे पनि सर्वोच्चले बदर गरेको थियो । सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुनबमोजिम गर्न आदेश दिएको थियो ।

लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनसन बसेकी छन् । अनसनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भइसकेको छ ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु