गृहपृष्ठ रंगेलीमा सात दिने योग शिविर सञ्चालन हुँदै

रंगेलीमा सात दिने योग शिविर सञ्चालन हुँदै

‘योग गरौ निरोगी बनौं’ भन्ने मूल नाराका साथ मोरङको रंगेली नगरपालिकामा सात दिने योग शिविर सुरु भएको छ । रंगेली नगरपालिका–७ स्थित नवनिर्मित तिरुपति बालाजीको मन्दिर परिसरमा साताव्यापी योग शिविर सुरु भएको हो । शिविर आगामी असोज १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

शिविरको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले उद्घाटन गरेका थिए । रंगेली नगरपालिका को सहयोगमा सञ्चालन शिविर आयोजना गरिएको हो ।

शिविरमा पतञ्जली योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङ, गोविन्द खड्का प्रदेश सदस्य शोभा कोईराला पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समितिका अध्यक्ष सुधा पौडेल, विनु सापकोटा, लोकनाथ खनाल लगायतले प्रशिक्षण दिने जनाइएको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु