गृहपृष्ठ आइएमई प्रिभिलेज र कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था

आइएमई प्रिभिलेज र कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था

काठमाडौं । आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुनेछ ।
यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारी गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ । आइएमई सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्ने कार्यमा सहयोग गरिदिन आईएमईले आग्रह गरेको छ ।

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु