गृहपृष्ठ फिल्म कहीँ कतै साउन २५ गते देशभर प्रदर्शन हुँदै, वितरणको जिम्मा करण क्रेजीको हातमा
फिल्म कहीँ कतै साउन २५ गते देशभर प्रदर्शन हुँदै, वितरणको जिम्मा करण क्रेजीको हातमा
काठमाडौं । नेपाली फिल्म कहीँ कतै आउँदो साउन २५ गते देशभर रिलिज हुने भएको छ । यस चलचित्रलाई निर्माता तथा वितरक करण श्रेष्ठ क्रेजीले वितरण गर्न लागेका छन् । उनले काठमाडौं उपत्यकामा फिल्म वितरणको जिम्मा लिएका छन् । उनी रिच ईन्टरटेनमेन्टका सञ्चालक हुन् ।
काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्दैछ ।
यसअघि नेपाली फिल्म ‘कहीँ कतै’को गीत ‘झ्वाइयँ झान’ सार्वजनिक भएको थियो । सचिन सिंहको सङ्गीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव दर्पणको शब्द रहेको छ ।
यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ ।
’झ्वाँईय झान’ बोलको गीत यसअघि भारतबाट युट्युबमा रिलिज भईसकेको थियो ।
चलचित्र कहीँ कतैबाट शिवानी गिरी र सोनम बरफुङ्गपाले नेपाली चलचित्रमा डेब्यू गरेका छन् । मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी नव नायिका गिरीको स्थायी घर सिक्किम हो ।
उमा फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको फिल्म ‘कहीँ कतै’ लाई सबिर श्रेष्ठले लेखन–निर्देशन गरेका छन् भने चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमुख अभिनय रहेको छ ।
प्रकाशित समय ०९:१२ बजे

















