गृहपृष्ठ ‘मिनरल वाटर’ को रुपमा बिक्री हुन्छन् प्रदूषित पानी
‘मिनरल वाटर’ को रुपमा बिक्री हुन्छन् प्रदूषित पानी
बजारमा बिक्री भइरहेका आधाजसो कम्पनीका पानी प्रदूषित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागले एकसय १५ वटा नमूना संकलन गरेकोमध्ये ३८ वटा कम्पनीका मिनरल वाटर प्रदूषित भेटिएको हो ।
विभागले पछिल्लो समय ५० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । तिमध्ये १८ वटा दूषित खाद्य पदार्थ, २५ वटा न्यून गुणस्तरको खाद्य पदार्थ र ७ वटा लेभलसम्बन्धी मुद्दा छन् ।
खाद्य ऐन २०२३ अनुसार दूषित खाद्य पदार्थ बिक्री गर्नेलाई एक हजार जरिवानाको व्यवस्था छ । साथै, पटक पटक गल्ती दोहोर्याउनेलाई १० हजारसम्म मात्रै जरिवाना हुने व्यवस्था छ ।
प्रकाशित समय ०८:५३ बजे

















