गृहपृष्ठ मलेसियाबाट १६ हजार गैरकानुनी नेपाली फर्किए, अझै ४ सय नेपाली जेलमा
मलेसियाबाट १६ हजार गैरकानुनी नेपाली फर्किए, अझै ४ सय नेपाली जेलमा
काठमाडौं– मलेसियामा गैरकानुनी हैसियतमा काम गरेका १६ हजार नेपाली यो वर्ष नेपाल फर्किएका छन् । मलेसियास्थित नेपाली दुतावासका अनुसार यो वर्ष १५ हजार ८ सय ५५ नेपाली स्वदेश फर्किएका छन् ।
मलेसियाली सरकारले सन् २०१७ को फेब्रुअरी १५ देखि डिसेम्बर अन्तिमसम्म गैरकानुनी हेसियतमा बसेका विदेशी कामरदालाई स्वदेश फर्किने समयसीमा दिएको थियो । यो समयसीमा आइतबार सकिंदैछ ।
गैरकानुनी हैसियतमा बसेका विदेशी कामरदाले सम्बन्धित देशको दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।
आफ्नो देशमा रहेका गैरकानुनी विदेशी कामदारको संख्या घटाउन मलेसियाली सरकारले यस्तो प्रावधान ल्याएको थियो ।
यसैगरी, मलेसियाली जेलमा अझैं २ सय ६ जना नेपाली छन् । उनीहरु विभिन्न अभियोगका कारण जेल परेका हुन् । गैरकानुनी रुपमा मलेसिया बसेका २ सय अन्य नेपाली भने डिपोर्टेसन सेन्टरमा बसिरहेका छन् । उनीहरु आवश्यक प्रक्रिया पूरा भएपछि नेपला फर्किन पाउनेछन् ।
प्रकाशित समय ०८:४३ बजे