गृहपृष्ठ कर्णालीवासीको जलविद्युत् लगानी
कर्णालीवासीको जलविद्युत् लगानी
काठमाडौँ, १५ पुस कर्णाली जलस्रोत लिमिटेडले कर्णालीका जनताको थोरै पूँजीमा परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।
कम्पनीका अध्यक्ष लोकबहादुर रावतले कर्णालीको आर्थिक विकासका लागि उनीहरुकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
कुल ६ मेगावाटको ‘माथिल्लो चौँरीखोला साना जलविद्युत् आयोजना’ निर्माण गर्ने घोषणा गरेको हो ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ । त्यसैगरी, कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४।२ मेगावाट ‘स्यानो खोला जलविद्युत् आयोजना’को समेत काम शुरु गरेको छ ।
उक्त आयोजनाको स्थलगत सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको र डिजाइन गर्ने कार्य इष्ट कन्सल्टले गरिरहेको जानकारी दिइयो । कम्पनीको मत्स्यपालन व्यवसाय सञ्चालनको पनि तयारी गरेको छ ।
प्रकाशित समय १४:३० बजे