गृहपृष्ठ शाहको नियुक्ति ५ फागुनमा
शाहको नियुक्ति ५ फागुनमा
काठमाडौै -नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोड्ने बित्तिकै अर्को संस्थामा जान २०७४ पुस १३ गते निर्देशन जारी गरे अनुसार रोक लगाएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशनपछि प्रमुख कार्यकारी अधिकृतहरु सेवा निबृत्त भएको ६ महिनासम्म कुनै पनि बैंकमा जान पाउँने छैनन्।
यसको सिधा असर नबिल बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई प्रत्यक्ष रुपमा परेको छ। शाहलाई सञ्चालक समितिले पुस १३ गते नै नियुक्त गरेको थियो।
शाहको नियुक्ति ५ फागुनमा मात्र लागू हुनेछ। राष्ट्र बैंकको निर्देशन अनुसार शाहले अब जेठ पछि मात्रै नबिलबैंकको नेतृत्व गर्न पाउने छन्। यस्तै राष्ट्र बैंकले जुनसुकै कारणले प्रमुख कार्यकारी अधिकृतबाट हटे पनि कुनै पनि संस्थामा संचालक हुन् पनि रोक लगाएको छ।
राष्ट्रबैंकले जारी गरेको निर्देशनले बैंक तथा बित्तीय संस्थाका संचालकहरु पनि एउटा संस्थामा अवधि समाप्त भएको ६ महिना सम्म अर्को संस्थामा नियुक्त हुन् पाउने छैनन् ।
प्रकाशित समय ०१:४४ बजे