गृहपृष्ठ नविल बैकको योजना: साना तथा मझौला कर्जा ५ दिनमै
नविल बैकको योजना: साना तथा मझौला कर्जा ५ दिनमै
काठमाडौं / तपाई कुनै साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? तपाईसंग आवश्यक पर्ने बजेट छैन भने अव चिन्ता गर्न नपर्ने भएको छ । आफूलाई आवश्यक परेको ५ दिनमै ३ करोडसम्म कर्जा नविल बैंकले दिने भएको छ । संस्तो व्याजको साथै प्रकृयामा धेरै समय नलाग्ने बैंकले सार्वजनिक गरेके छ ।
बैंकबाट आफूलाई कर्ज चाहिएको ५ दिनमा नै नविल बैंकले सस्तो तथा निश्चित ब्याजदरमा ३ करोड रुपैयाँसम्म साना तथा मझौला कर्जा (एसएमई लोन) निे व्यवस्था गरेको छ । यही व्यवस्थाको फाउँदा उठाउन बैठकले सबैमा आव्हानसमेत गरेको छ ।
नविलले वार्षिक ११ दशमालव ५ प्रतिशतमा व्यापार, उद्योग र सेवा क्षेत्रका लागि न्युनतम ५ लाखदेखि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न बैंकले नयाँ एसएमई लोन योजना ल्याएको हो । पछिल्लो समयमा बैंकले साना तथा मझौला व्यवसायमा लगानी केन्द्रीत गरेको छ ।
प्रकाशित समय ११:२९ बजे

















