गृहपृष्ठ ग्रामीण बालबालिकाको शिक्षाप्रति चिन्तित् छु: प्रधानमन्त्री ओली

ग्रामीण बालबालिकाको शिक्षाप्रति चिन्तित् छु: प्रधानमन्त्री ओली

KP Oli

काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई ंसरकारले उच्च प्राथकिता दिने बताएको छन् । दक्षिण एसियाली बाल अधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलन उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षाबाट बन्चित नगर्ने नीति सरकारको भएको स्पष्ट पारे ।
गुणस्तरीय शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएकाले शिक्षामा समानता नै सरकारको प्राथमिकता भएको प्रधानमन्त्री ओलीले बताए । अझै पनि ग्रामीण क्षेत्रमा धेरै बालबालिका शिक्षाबाट बन्चित हुनु परेको तथ्यांक सरकारसँग रहेको भन्दै उनले अब प्रत्येक बालबालिकाको प्रथम ढोका विद्यालय हुने बताए ।
सबै तहका बालबालिकाले शिक्षा लिने वातावरण सिर्जना गर्न सरकारले निःशुल्क शिक्षामा जोड दिएको छ । दक्षिण एसियाका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्न सार्क क्षेत्रका बालअधिकारकर्मी एक हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘ग्रामीण क्षेत्रका बालबालिकाहरु अझैपनि विद्यालय जानबाट बञ्चित रहेको पाइएको छ,’ उनले भने, ‘सरकार यस विषयमा चिन्तित रहेको र शिक्षा दिने गरी नीति ल्याएने छ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएको मनपरीतन्त्रको अन्त्य गरिने बताए । उनले बाल शिक्षालाई प्रभावकारी बनाउन शिक्षालाई ग्रामीणमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । सार्क राष्ट्रका बालअधिकारकर्मीको सामुहिक प्रयास बालबालिकाको हितको लागि हुनुपर्ने उनको भनाई थियो । तीन दिने सम्मेलनमा सार्क क्षेत्रका बालअधिकारकर्मी सहभागी छन् ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु