गृहपृष्ठ नेप्से सुधारको संकेत
नेप्से सुधारको संकेत
यो साता नेप्से परिसूचक सुधार हुने अपेक्षा गरिएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएसँगै राजनीतिक गाँठो फुकेको छ । यसले नयाँ सरकार गठनको बाटो खुला गरेको छ ।
राजनीतिक विवादका कारण अघिल्लो साता नेप्से परिसूचक घटेको ५७ दशमलब ३७ अंकले घटेको थियो । उक्त परिसूचक त्यसको एक साता अघिको भन्दा १२ प्रतिशतले कम हो ।
चुनावपछि नयाँ सरकार गठनको अन्यौलता बढेसँगै सेयर बजार खस्किएको थियो । नेप्से परिसूचक लगातार घटेर निराश देखिएका लगानीकर्ताहरुले नयाँ सरकार गठनको बाटो खुलेसँगै उत्साहित देखिएका छन् ।
साताको अन्तिममा बजारमा खरिद बढ्न थालेको छ । अघिल्लो साताभर २४ हजार ६ सय ५५ कारोबारबाट १ सय ७७ कम्पनीका ५७ लाख ११ हजार ८० कित्ता सेयर खरिद–बिक्री भए। ती किनबेचबाट २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
अघिल्लो साताको तुलनामा कारोबार रकम करिब १२ प्रतिशतले कम हो। गत साता २३ हजार ७ सय २७ कारोबारमा ५७ लाख ९५ हजार ७ सय ३० कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ९२ करोड ८३ लाख रुपैयाँ परिचालन भएको थियो ।
कारोबार रकम (५० करोड ३६ लाख ६० हजार रुपैयाँ) का आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (३ लाख ४८ हजार कित्ता) का आधारमा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा अघि छ । त्यसैगरी कारोबार संख्या (४ हजार ६ सय ९३ वटा) का आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नै अग्रस्थानमा छ ।
प्रकाशित समय ०६:५८ बजे

















