गृहपृष्ठ सरकारी सेवाबारे जानकारी दिने एप

सरकारी सेवाबारे जानकारी दिने एप

कृषि विभागले केके काम गर्छ ?, वैदेशिक रोजगार विभागमा कसरी सेवा लिने ? पासपोर्ट बनाउने फाराम कसरी भर्ने ? यिनै जानकारी सहितको सिंहदरबार एप सार्वजनिक भएको छ ।

यसलाई सार्वजनिक गर्ने संस्था सर्च फर कमन ग्राउण्डले यसलाई ‘सुशासन एप’ भनेको छ ।

गतसाता राजधानीमा भएको नेक्स्ट ग्रोथ कन्क्लेभमा यसलाई सार्वजनिक गरिएको हो ।

एपमा विभिन्न सरकारी निकायले दिने सेवा, ति सेवा लिन पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी दिन्छ । संस्थाका कन्ट्री डाइरेक्टर डा. भोलाप्रसाद दाहालले एपले सुशासनको लागि सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एपमा सुशासनसम्बन्धी टेलिभिजन कार्यक्रम सिंहदरबार र रेडियो कार्यक्रमसम्म समेत हेर्न र सुन्न सकिन्छ । साथै, नेपालको संविधान नेपाली र अंग्रेजी दुवै भाषामा पढ्ने सुविधा छ ।

सर्च फर कमन ग्राउण्डका सञ्चार संयोजक आयूष जोशीले एपले सरकारी सेवा र अन्य जानकारीहरु दिने भएकाले हरेक व्यक्तिको लागि यो उपयोगी हुने बताए । याे एप गुगल प्ले स्टाेरमा उपलब्ध छ ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु