गृहपृष्ठ राष्ट्रिय एकता र मेलमिलाप दिवस
राष्ट्रिय एकता र मेलमिलाप दिवस
पुस १६ -नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा राष्ट्रिय एकता र मेलमिलाप दिवसका कार्यक्रम आयोजना गरयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा पनि केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै आलोचना गर्नुभयो ।
नेता सिंहले सभापति देउवाले दुई महिनामा गर्नुपर्ने काम अहिलेसम्म गर्न नसकेको बताउनुभयो । ‘१३ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष भइसक्यो’, उहाँले भन्नुभयो, ‘सभापतिज्यूले उपसभापति र महामन्त्री मनोनीत गर्न सक्नु भएन । विभागहरूले पूर्णता पाउन सकेको छैन । कांग्रेसलाई फंसनमा लैजान नसक्नु र उपचारको खाँचो रहेको नेता सिंहले भन्नुभयो, ‘वर्तमान नेतृत्वको गुणगान गाउँदैमा कांग्रेसमा सुधार हुँदैन । कांग्रेस बिरामी भएको थलिएको र सुधारको आवश्यक्ता छ ।
हामी आफैले कांग्रेसलाई सुधार गर्नुपर्छ ।’ कांग्रेसलाई बलियो बनाउनका विधान र नियमअनुसार पार्टी चलाउनु पर्ने । एमालेले राष्ट्रिय सभाको अध्यादेशलाई लिएर गरेको बखेडाप्रति संकेत गर्दै नेता सिंहले भन्नुभयो, ‘राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश एमालेले आफै रोक्यो । राष्ट्रपतिले ढिलो भए पनि जारी गर्नुभएको छ । राष्ट्रिय भाको निर्वाचन सम्पन्न हुने बित्तिकै नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसले सत्ता छाड्छ । त्यसपछि कांग्रेस एक मिनेट पनि सत्तामा बस्दैन ।’
प्रकाशित समय १४:१५ बजे