गृहपृष्ठ पोखरा रुकुम बस सेवा शुरु

पोखरा रुकुम बस सेवा शुरु

पुस १६ रुकुम–कास्की पोखरासम्म डिलक्स बस सेवा सञ्चालनमा आएको छ ।

पोखरासँग रुकुम पश्चिमलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताउनु भयो । रुकुमबाट पोखरासम्म सिधा यातायात सेवा सञ्चालन नहुँदा यात्रुलाई बीचमा गाडी बदल्नुपर्ने बाध्यता थियो ।

आजबाट रुकुम पश्चिमदेखि पोखरासम्म प्रत्येक दिन रात्रि बस सेवा सञ्चालन हुर्दा पत्यक्षय रुपमा यात्रुलाई फाइदा पुग्ने छ भने ४७० किमि दूरी रहेको रुकुम–पोखराका लागि प्रतिव्यक्ति एक हजार ३५० भाडादर कायम गरिएको छ । रुकुमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक समितिबीच रुकुम–पोखरा यातायात सेवा सञ्चालन गर्न सम्झौता भएको हो ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु