गृहपृष्ठ फूलबारी रिसोर्टलाई कर छुट दिन नमिल्ने सर्वोच्च अदालत
फूलबारी रिसोर्टलाई कर छुट दिन नमिल्ने सर्वोच्च अदालत
पुस १६- पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई सर्वोच्च अदालतले राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ ।
प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो ।
सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट दायर गरेका थिए ।
अदालतले कर छुट नदिने फैसला सुनाएको छ । आदेशअनुसार रिसोर्ट सञ्चालक अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीको बक्यौता रकम साँवा, ब्याज र त्यसको हर्जानासहित सरकारलाई रु तीन अर्बभन्दा बढी रकम सरकारलाई बुझाउनुपर्ने हुन्छ ।
प्रकाशित समय १४:२७ बजे

















