गृहपृष्ठ यातायात व्यवस्थापनका लागि यातायात विभागले ४६१ स्थानीय तहसँग समन्वय गर्ने
यातायात व्यवस्थापनका लागि यातायात विभागले ४६१ स्थानीय तहसँग समन्वय गर्ने
यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको सिण्डीकेट रोकेसंगै भाडा व्यवस्थापनको काम थालेको छ । सवारी साधनहरुले मनपरी भाडा लिएर यात्रुलाई ठगी गरिहेको भन्ने जनगुनासो आएपछि विभागले यस्तो तयारी गरेको हो ।
आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सबै सावारी साधानले अनिवार्य ई टीकेटिङको व्यवस्था गर्न लागेको विभागले जनाएको छ । विभागका अनुसार सबै राजमार्गसहित स्थानीय रुटमा समेत ई टीकेटिङको व्यवस्थान गर्न लागिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार मुलुकभरका सबै रुटहरुको व्यवस्थापन गर्न स्थानीय तहसंग सहकार्य गर्ने र सोही अनुसार व्यवस्थापन गरिनेछ ।
स्थानीय सरकारको सहकार्यमा विभागले स्थानीय तहभित्र सञ्चालनमा आउने सवारीको व्यवस्थापनसहित टिकेटिङमा समेत स्थानीय तहलाइृ जिम्मेवारी दिने विभागको तयारी छ । योसंगै स्थानीयस्तरको सबै सवारीको व्यवस्थापन स्थानीय सरकारले गर्नेछ ।
‘हामीले ई टिकेटिङमा जाने योजना बनाइसकेका छौं । त्यसैले ई टिकेटिङमा जाने बित्तिकै कसैले पनि एक रुपैयाँ पनि बढी भाडा लिन सक्दैन र मिल्दैन पनि,’ विभागका महानिर्देशक भट्टराईले भने, ‘सरकारले तोकेको भाडामा टिकट काटेपछि बढी भाडा लिने भन्ने सवालै हुँदैन ।’

विभागले यातायात व्यवासयीहरुलाई समेत नयाँ प्रविधिको प्रयोग गर्नेतर्फ आग्रह गरेको छ । सिण्डकेट तोड्ने सहमति गरेकै समयमा विभागले व्यवसायीहरुलाई टिकेटिङका विषयमा समेत सहमति गराएको महानिर्देशक भट्टराईले जानकारी दिए ।
सवारी साधानमा यात्रुलाई लिइएको भाडाको विषयमा विभागले अनुगमनको संयन्त्रसमेत बनाउने तयारी गरेको छ । विभागले अनुगमनलाई प्रभावकारी बनाउन योजना बनाइरहेको छ । ‘हामीले नियमनलाई पनि प्रभावकारी बनाउने योजना गरिरहेका छौं,’ उनले भने, ‘तत्काल बढी भाडा लिने छोटो दुरीका सवारीहरूलाई पनि कारबाही गरिसकेका छौं ।’
प्रकाशित समय ०७:२८ बजे

















