गृहपृष्ठ विद्यार्थीको चरणबद्ध आन्दोलनमा, क्याम्पस प्रमुख र उप प्रमुखलाई प्रवेशमा रोक

विद्यार्थीको चरणबद्ध आन्दोलनमा, क्याम्पस प्रमुख र उप प्रमुखलाई प्रवेशमा रोक

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले उठाएको विभिन्न मागमा कुनै पनि सम्बाधेन नभएको भन्दै लुम्बिनी बाणिज्य क्याम्पस कमिटि चरणबद्ध आन्दोलनमा उत्रीएको छ ।
बुधबारबाट क्याम्पस प्रमुख र उप प्रमुखलाई क्याम्पसमा प्रवेशमा रोक लगाउने र शुक्रबार क्याम्पस प्रमुख, उप प्रमुख, सञ्चालक समियित लाई क्याम्पस प्रवेशमा निषेध गर्ने लगायतका कार्यक्रम सर्वजनिक गरेको छ । क्याम्पस कमिटि अध्यक्ष विजय कार्कीका अनुसार १३ बुँदा मा विभिन्न मागहरु राखिएको थियो ।
एमविएसको एक शैक्षिक क्षेत्रमा अन्य समेस्टरका देश भित्र वा वाहिर अन्तिम सेमेष्टरमा एक पटक अध्यायन भ्रमण गराउनुपर्ने, छात्रावास निर्माणको कामलाई तत्काल सुरु गर्नुपर्ने, त्रि.विको विविए कार्यक्रम ल्याउन यथासिघ्र पहल थालनी गर्नुपर्ने लागायतका माग समेटिएका छन् ।
यस्तै स्वयुले निर्माण गरेको हलमा एसी, साउण्ड सिस्टम, सोफा लगायतका व्यवस्था गर्नुपर्ने साथै हलको आम्दानी हल मर्मत संहार व्यवस्थापनमा खर्च गर्नुपर्ने मा गरिएको छ । यस्तै समावेशीको आधारमा छात्रावृत्ती प्रदान गनुपर्ने, क्यान्टीनको अनुगमन गरि खाजा नास्ताको गुणस्तरमा ख्याल गर्नुपर्ने, क्याम्पसको भौतिक पुर्वाधार निर्माणमा उत्कृष्ठताको आधारमा टेण्डर कायम हुुनुपर्ने लगायतको मागहरु रहेका छन् ।

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु