गृहपृष्ठ काठमाडाैंमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैंमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

durghatna1-newskarobar

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गए राति साढे १२ बजेतिर ना५ख ८०८४ नम्बर टिप्परले बा५४प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिएर फरार टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु