गृहपृष्ठ सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्न कांग्रेस बैठक बस्दै

सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्न कांग्रेस बैठक बस्दै

congress-newskarobar

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक आजका लागि बोलाएको छ ।

सरकारी कदमको विरोधको शैलीलाई कस्तो रुप दिने भन्नेमा बैठक केन्द्रीत रहने एक नेताले बताए । पुसमा सम्पन्न महासमितिले पारित गरेको विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकले नेविसंघको कार्यसमिति विघटन गर्ने वा अधिवेशनका लागि थप समय दिने भन्ने विषयमा पनि टुंगो लगाउन सक्ने बताइएको छ । नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिदेखि सो समितिलाई कामचलाउ हैसियतमा राखेको छ ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु