गृहपृष्ठ हुन्डाईको ‘रोड टु रसिया’ योजना
हुन्डाईको ‘रोड टु रसिया’ योजना
काठमाडौं । हुुन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नयाँ योजना ‘रोड टु रसिया’को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्डकपलाई लक्षित गरेर हुन्डाईले नयाँ हुन्डाई ग्राहकका लागि यो योजना सुरु गरेकोे हो ।
हुन्डाईका नयाँ ग्राहकले नेपालको आधिकारिक वेबसाइडमा उपलब्ध अनलाइन दर्ता फाराम भरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।
यस योजनाअन्तर्गत हुन्डाईले दुई जना नयाँ हुन्डाई ग्राहकलाई रसिया जाने सबै भ्रमण प्याकेजको साथ फिफा वल्र्डकप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौकाका साथै आकर्षक नगद छुट पनि प्रदान गर्ने जनाएको छ ।
यसका साथै हुन्डाईको गाडी खरिदमा सामसुङ स्मार्ट एलईडी टिभी पुरस्कारका रूपमा प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । यो योजना ३० वैशाखदेखि १ असार २०७५ सम्म रहने पनि कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय फुटबलका फ्यानलाई हुुन्डाईको यो योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्डकप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्ने पनि हुन्डाईले जनाएको छ ।
प्रकाशित समय ०७:३७ बजे

















