गृहपृष्ठ प्रदेशसभा सदस्य उत्तरकुमार ओलीप्रति श्रद्धान्जली

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीप्रति श्रद्धान्जली

प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शवमा पार्टीको झण्डा ओढाउदै प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गरे । प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरे ।

पार्टी कार्यालय धुम्बाराईमा शुक्रबार प्रदेशसभासदस्य ओलीको शवमा अन्तिम श्रद्धान्जली व्यक्त गरिएको हो । सडक दुर्घटनामा परी घाइते भएका ओलीको निधन भएको थियो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु