गृहपृष्ठ चौपेट नामक बिरालो, जो २२ अर्बको मालिक हो

चौपेट नामक बिरालो, जो २२ अर्बको मालिक हो

chaupet_cat

विश्वविख्यात फेसन डिजाइनर कार्ल लजेरफेल्डको ८५ वर्षको उमेरमा निधन भएसँगै उनले पालेको बिरालो १५० मिलियन पाउन्डको मालिक भएको छ । फेसन डिजाइनर लजेरफेल्डको निधनसँगै उनले पालेको चौपेट नामक बिरालो विश्वकै सबैभन्दा धनी जनावरका रूपमा चर्चित बनेको छ ।

अहिले उक्त बिरालो झण्डै २२ अरब ३२ करोड रूपैयाँको मालिक भएको छ । लजेरफेल्डले उक्त रकम चौपेटको खर्रचका लागि यो रकम राखिदिएका थिए ।

यो बिरालो केही समय पहिलेदेखि नै फेसन जगतमा चर्चित थियो । चौपेटका फेसबुकमा १,२२७, ट्वीटरमा २७ हजार र इन्स्टाग्राममा १ लाख २० हजार फलोअर्स छन् ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु