गृहपृष्ठ रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा
रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा
पुस, १८-बागलुङ महोत्सव–२०७४ लाई सम्बोधन गर्दै आइएमई गु्रपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिट्यान्स भित्रिँदै आएको रेमिट्यान्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे ।
रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको प्रयास आवश्यक पर्ने उनले उनले बताए ।
निर्वाचन सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अब मुलुकको आर्थिक विकासले गति लिने विश्वास लिएका छन् । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना रहेको र आर्थिक विकासमा सबैसँग मिलि सहकार्य गरि अगाडी बढ्न तयार रहेको उनले बताए ।
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।
विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायीक संस्था हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।
प्रकाशित समय ०३:०७ बजे