गृहपृष्ठ निगमलार्इ दुईवटा चिनियाँ जहाजमा ३४ करोड घाटा
निगमलार्इ दुईवटा चिनियाँ जहाजमा ३४ करोड घाटा
काठमाडौं- नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका दुईवटा जहाज (एमए–६० र वाई–१२ई) बाट गत वर्ष ३३ करोड रुपैयाँ घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार निगमले एमए–६० र वाई–१२ ई जहाजबाट मात्रै ३३ करोड ८३ लाख ९५ हजार नोक्सानी व्यहोरेको हो । निगमले एमए–६० बाट २४ करोड ८६ लाख र वाई–१२ ईबाट गत वर्ष ८ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको प्रतिवेदनमा उल्लेख छ ।
५६ सिट क्षमताको एमए ६० जहाजको सञ्चालन आम्दानी १७ करोड ४६ लाख छ भने सञ्चालन खर्च २४ करोड १३ लाख छ । यस्तै, १७ सिट क्षमताको वाई–१२ ई जहाजको सञ्चालन आम्दानी १ करोड ५५ लाख ८५ हजार ४ सय ६६ रुपैयाँ छ । निगमले धमाधम चिनियाँ जहाज ल्याएपनि पाइलट तथा स्पेयर्स पार्ट्स अभावका कारण प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ ।
प्रकाशित समय १६:५८ बजे