गृहपृष्ठ मोरङका खोलाबाट अवैध ढुंगागिट्टी निकासी

मोरङका खोलाबाट अवैध ढुंगागिट्टी निकासी

मोरङ– मोरङका खोलामा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् बढेको छ । नियामक निकायले अनुगमन नगर्दा क्रसर उद्योग र तिनका सहयोगीले मापदण्डविपरीत अवैध रुपमा खोलानालाबाट ठूलो परिमाणमा प्राकृतिक स्रोत उत्खनन् गरेर दोहन गर्दै आएका छन् ।
ठेकदार र उनका सहयोगीले जिल्लाका विभिन्न खोलानालामा मनपरी ढुंगागिट्टी निकाल्ने गरेका छन् । खोलामा लोडर, एक्जाभेटर प्रयोग गर्ने गरिएको छ । मापदण्डविपरीत खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्दा मोरङका खोेलानालाको स्वरुप बिग्रिन थालेको छ । ठेकेदारहरुले मोरङका खदम र चिसाङ खोलाबाट अधिक मात्रामा बालुवा, गिट्टी निकाल्ने गरेका छन् ।
राष्ट्रिय वन क्षेत्रबाट दुई किलोमिटर र चुरे क्षेत्रभन्दा एक किलोमिटर टाढामात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था भए पनि अधिकांश क्रसर चुरे र वन क्षेत्रमै सञ्चालित छन् । जिल्ला समन्वय समितिले यो वर्ष उत्तरी क्षेत्रका खोलानाला २६ करोडमा ठेक्का लगाएको छ ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु