गृहपृष्ठ रिना हत्या काण्ड: प्रदेश सरकार गम्भिर नभएको विपक्षीको आरोप

रिना हत्या काण्ड: प्रदेश सरकार गम्भिर नभएको विपक्षीको आरोप

pradesh-samsad-newskarobar

प्रदेश १ को प्रमुख प्रतिपक्षी दलका सांसदले मोरङको पथरीमा केही दिनअघि भएको रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा प्रदेश सरकार गम्भिर नभएको आरोप लगाएका छन् । सांसदले रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा सरकारलाई गम्भिर हुन आग्रह गरे ।
प्रदेश एकको विहिबार बसेको बैठकमा प्रतिपक्ष नेपाली काग्रेसका सचेतक सुर्यराज राईले पछिल्लो समय पथरी लगायत आसपासको क्षेत्रमा श्रृखलाबद्ध रुपमा अपराधका घटना बढेको भन्दै शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश सभाको बैठकको विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली काग्रेसका सचेतक राईले पथरी, कानेपोखरी आसपासको क्षेत्रमा जनता अहिले निर्धक्क भएर हिडडुल गर्न नसक्ने अबस्था सृजना भएको सदनमार्फत सरकारलाई जानकारी गराएका थिए ।
उनले पथरी र आसपासको क्षेत्रमा सव भेटिने तर प्रहरीले आत्महत्या र भवितव्य भन्दै पन्छिने गरेको आरोप समेत लगाए । गत शुक्रबार पथरीमा भेटिएको रिना बस्नेतको सव पनि भवितव्य भन्दै प्रहरी पन्छन खोजेको उनको तर्क थियो ।
उनले पथरीमा भएको बस्नेतको रहस्यमय मृत्युको घटनाप्रति सरकार गम्भिर नभएको आरोप समेत लगाए । उनले स्थनीय जनप्रतिनिधिको प्रयासमा आन्दोलन केही दिनलाई रोकिएको भए पनि प्रहरीले सत्यतथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुनसक्नेतर्फ प्रदेश सरकारलाई सचेत गराए । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीमा प्रहरी नायव उपरिक्षकको दरबन्दी कायम गराउन पनि प्रदेश सरकारसँग उनले माग गरेका छन् ।
विहिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सर्वसम्मतिले पारित भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ल्याएको विधेयकमाथि सामाजिक विकास समितिमा दफावार छलफल भएको थियो । सामजिक विकास मन्त्री जिवन घिमिरेले विधयेक पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेका थिए ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु