गृहपृष्ठ मध्य पहाडी लोकमार्ग: म्याङलुङ–खुरुङ्गा खोला सडक असारसम्म नसकिने
मध्य पहाडी लोकमार्ग: म्याङलुङ–खुरुङ्गा खोला सडक असारसम्म नसकिने
चालु आर्थिक वर्षको असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको म्याङलुङ–खुरुङ्गा खोला सडक समयमै निर्माण सम्पन्न नहुने भएको छ । मध्य महाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम म्याङलुङदेखी खुरुङ्गा खोलासम्मको ९ दशमलव ७ किलोमिटर कालो पत्रे सडकको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने थियो । केही समयदेखिको अविरल वर्षाका कारण निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीको दावी छ । हिमडुङ एण्ड ठोकर/आश्रय निर्माण सेवा जेभीले २०६३ सालमा २९ करोड रुपैयाँमा ठेक्का लिएको यो सडक तोकिएकै समयमा सम्पन्न नहुने कम्पनीका सहायक सुपरभाइजर उदय कार्कीले जानकारी दिए ।
पक्की नाला, विभिन्न स्थानमा कल्भर्ट निर्माणसहितको उक्त सडकको चालु आर्थिक वर्षकै असार मसान्तसम्ममा सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी धमाधम काम भइरहे पनि वेलावेलामा पर्ने पानीका कारण निर्माण अवरुद्ध हुने गरेकाले आगामी दशैँसम्ममा मात्र कालो पत्रे सकिने कार्कीले बताए ।
उक्त सडकको सदरमुकाम म्याङलुङ बजारदेखि खुरुङ्गा खोलासम्मको सडकको आधारभूत काम ९५ प्रतिशत सकिएको छ । उनले सडक कालोपत्रे गर्न वेस र सव वेसको काम भइरहेको बताए । अन्य स्टक्चरको काम पनि अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित समय १८:१३ बजे

















