गृहपृष्ठ हुम्ला र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

हुम्ला र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

durghatna1-newskarobar

हुम्ला र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका ५ तुमकोट भेरीमा बा. ५ ख ५३४४ नम्बरको ट्रिप्पर सडकबाट करिब ८ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँ हेप्का बस्ने २६ वर्षीया शोनाम मिगुर लामा र यालबाङ बस्ने ३६ वर्षीय साबेल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित २ जना घाइते भएका छन् ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका २ हरिपालमा से. ६ प २२४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका १९ वर्षीय सन्तोष पन्तको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका १० बस्ने २२ वर्षीय यज्ञराज पन्त घाइते भएकाले उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु