गृहपृष्ठ जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जुम्ला गोठीचौरी गाउँपालिका ४ घर भई मुड्केचुला गाउँपालिका ८ बस्ने १९ वर्षीय लोकेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
डोल्पामा खिरौलाको व्यापारका लागि गएका शाहीले ती किशोरीलाई सोही ठाउँमा घट्टमा मकै पिस्न गएका बेला जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:०२ बजे

















