गृहपृष्ठ घुस लिएको आरोपमा वन अधिकृत र कार्यालय सहयोगी पक्राउ
घुस लिएको आरोपमा वन अधिकृत र कार्यालय सहयोगी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासी (सुस्तापूर्व)मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहिबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।
प्रकाशित समय ०७:३३ बजे

















