गृहपृष्ठ हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम
हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम
हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २९ गते बुधबार बसेको बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
नवनियुक्त अध्यक्ष गौतमलले बिहीरबा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ ग्रहण समारोहमा बैंकका सञ्चालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
अध्यक्ष गौतम संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । सपथ ग्रहण समारोहमा डेपुटी गर्भनर शिवाकोटीले गौतमको कार्यकालमा हिमालयन बैंकले थप उत्साहजनक प्रगति गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित समय २१:५५ बजे

















