गृहपृष्ठ मोरङ र मकवानपुरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
मोरङ र मकवानपुरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
सांकेतिक तस्बिर
दुई जिल्लाको केही स्थानमा आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ११ गमलटार बस्ने बिरही सिंह न्यासुरको घर नजिकै रहेको २ वटा गोठमा शुक्रबार बिहान आगलागी हुँदा दुवै गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, बेलबारी नगरपालिका ३ बस्ने अर्जुन सुबेदीको गोठमा शुक्रबार राति आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १७:०३ बजे

















