गृहपृष्ठ विष्फोटक पदार्थसहित ५ जना प्रहरीको नियन्त्रणमा

विष्फोटक पदार्थसहित ५ जना प्रहरीको नियन्त्रणमा

चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ बस्ने निमनेम्बा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु