गृहपृष्ठ कालीगण्डकी नदीले बगाएका ९ वर्षीय बालकको उद्धार

कालीगण्डकी नदीले बगाएका ९ वर्षीय बालकको उद्धार

कालीगण्डकी नदीले बगाएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ ।

पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।

कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पु¥याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ । घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ ।

महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । (रासस)

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु